पोखरामा तीज साँस्कृतिक महोत्सव हुने

पाेखरा | भदौ १६, २०८०

पोखरामा तीज साँस्कृतिक महोत्सव हुने

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को आयोजनामा हरितालिका तीजको अवसरमा पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ । 


पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले आज शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै भदौ २५ देखि २७ गतेसम्म तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने जानकारी दिएको हो । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार महोत्सव लेकसाइड क्षेत्रको कोमागाने पार्कमा हुनेछ ।


तीन दिनको कार्यक्रममा खेलकुद, तीज गीत प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रर्दशन, स्वदेशी तथा विदेशी खानाका स्टल, ११ वटै जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण, सांस्कृतिक कार्यक्रम, लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएको उनले बताइन् । 

 

हरितालिका तीजलाई केवल चाडका रुपमा मात्रै नभई उत्सवका रुपमा नै मनाउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ । 


महिला उद्यमशिलताको विकास, आर्थिक चलायमान, रोजगारी सिर्जना, समग्र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हेतुले महोत्सवको आयोजना गरिएको हो । आर्थिक मन्दीले थलिएको पर्यटन व्यवसायलाई माथि उठाउने लक्ष्य महोत्सवको छ । महोत्सव प्रवेशका लागि कुनै शुल्क नलाग्ने गिरीले उल्लेख गरिन् । निशुल्क नै तीज सांस्कृतिक महोत्सवको अवलोकन गर्न पाइनेछ । महोत्सव सम्पन्न गर्न १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।  ।

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

थप पढ्नुहोस्